कार्बन उत्सर्जन दिगो विकासको लक्ष्य : प्रधानमन्त्री देउवा

  • Technology Khabar | २९ भाद्र २०७९, बुधबार
कार्बन उत्सर्जन दिगो विकासको लक्ष्य : प्रधानमन्त्री देउवा

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो विकासको लक्ष्य नै कार्बन उत्सर्जन भएको बताएका छन्।

लगानी बोर्डले काठमाडौंमा बुधबार गरेको दिगो पूर्वाधार लगानी फोरममा उनले भने, “सन् २०४५ सम्म जेरो कार्बन उत्सर्जनको लक्ष्य राखिएको छ, यो दिगो विकासको लक्ष्य हो, यसका लागि नेपालमा ९० बिलियन अमेरिकी डलर आवश्यकता रहेको छ।”

प्रधानमन्त्री देउवाले उक्त लगानी हुन सकेमा सन् २०४५ सम्म भेट्ने लक्ष्य राखिएको जेरो कार्बन उत्सर्जनसहितको दिगो विकास लक्ष्य भेटिने दाबी गरे।

कार्बन उत्सर्जन सहित सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुने प्रधानमन्त्री देउवाको जोड छ।

नेपालमा पूर्वाधारमा लगानी आवश्यक भएकाले विकाससँगै रोजगारी सृजना हुने उनको भनाई छ।

निजी क्षेत्रका लगानीकर्ताहरूसँग पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा विकासका कार्यक्रम अघि बढाउन सरकार तयार रहेको देउवाले उल्लेख गरे।

प्रकाशित: २९ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...