माछापुच्छ्रे बैंकका क्रेडिट कार्ड बाहकले टिभी र इन्टरनेट प्याकेज इएमआइमा पाउने

  • Technology Khabar | २९ भाद्र २०७९, बुधबार

काठमाडौं ।

माछापुच्छ्रे बैंक, एनआइटिभी स्ट्रिम्ज प्राइभेट लिमिटेड र वर्ल्डलिंक कम्युनिकेसनबीच त्रिपक्षिय सम्झौता भएको छ। बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई इएमआइ सुविधामा टिभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा त्रिपक्षिय सम्झौता भएको हो।

उक्त सम्झौतापत्रमा एनआइटिभी स्ट्रिम्ज र वर्ल्डलिंक कम्युनिकेसनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा बैेंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता बमोजिम बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको इन्स्टापे सुविधा मार्फत टिभी तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज इएमआइमा लिन सकिने छ। एनआइटिभी स्ट्रिम्ज र वल्र्डलिंकले संचालन गरेको फेस्टिभिटिवाइ अफरमा ग्राहकले करिब ५६ प्रतिशत सम्मको छुट पाउन सक्नेछन्।

बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टापेबाट उपभोग गर्न सक्ने जनाएको छ।

प्रकाशित: २९ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार