
काठमाडौं ।
डा. महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ।
मङ्गलबार गैर आवासीय नेपाली सङ्घ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रममा डा. पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई लाई १ करोड रूपियाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा पुरस्कार ग्रहण गर्दै केन्द्रका अध्यक्ष पुनले एउटा मात्रै आविष्कार केन्द्र नभई धेरै भन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्ने बताए।
आविष्कार केन्द्र खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उनको भनाइ थियो। देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपाली रोजगारीको लागि बाध्य भएर विदेश जानु नपर्ने बताए।
कार्यक्रममा बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टले १० औँ सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन्। ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने बताइएको छ।
प्रकाशित: २८ भाद्र २०७९, मंगलवार