
काठमाडौं ।
प्रिमियर लिगमा अर्को सिजनबाट सेमी-अटोमेट अफसाइड प्रयोग गरिने भएको छ। डेल्लीमेलका अनुसार प्रिमियर लिगमा अर्को सिजनबाट सेमी-अटोमेट अफसाइड प्रयोग गर्ने तयारी शुरु गरिएको हो।
च्याम्पियन्स लिगमा यो प्रणाली सफलतापूर्वक परीक्षण गरिएको छ। सेमी-अटोमेट अफसाइड प्रविधि इंग्ल्याण्डको शीर्ष डिभिजनमा राख्ने योजनाका साथै अघि बढ्ने तयारीमा अधिकारीहरु छन्।
फिफा विश्वकप २०२२ पछि प्रिलियर लिगका टोलीहरुबीच सेमी-अटोमेट अफसाइड प्रविधि प्रयोग गर्ने विषयमा मतदान हुनेछ। यसमा रहेको उच्चत प्रविधिका कारण वर्तमानको प्रणालीको तुलनामा यसलाई प्रभावकारि मानिएको छ। यो प्रणाली प्रयोगमा आएसँग खेलका दौरान हुने ढिलाई ०.५ सेकेन्डभन्दा कम हुने विश्वास गरिएको छ।
ट्रयाकिङ टेक्नोलोजी र तत्काल निर्णयका लागि आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग गरेर खेलाडी अफसाइड हुँदा प्रणालीले भीएआर अधिकारीलाई स्वचालित अलर्ट पठाउँछ।
सफ्टवेयर जडानका लागि क्लबहरुको खर्च बढ्ने छ। प्रिमियर लिगका ९ टोलीहरु च्याम्पियन्स लिग खेल्ने क्लबहरु सहित म्यानचेस्टर युनाइटेड, आर्सनल, ब्राइटन, साउथह्याम्प्टन र नटिघम फरेस्टसँग पहिले देखि आधारभूत हकई पूर्वाधारहरु छन्। जसले आवश्यक सजिलैसँग जडान गर्ने अनुमति प्रदान गर्छ।
भीएआर अधिकारीहरुले अझै अलर्टहरु प्रमाणित गर्नुपर्ने हुन्छ। यसबाट गोलहरु खोज हुनु अघि उत्सवको दृश्यहरु कम हुने अपेक्षा गरिएको छ। जुन हालको सफ्टवेयरको प्रमुख त्रुटीको रुपमा लिइएको छ।
यो प्रणाली पहिलो पटक गत वर्ष च्याम्पियन्स लिगका खेलहरुमा परीक्षण गरिएको थियो। यसको परीक्षण सफल देखिएकाले यो सिजको च्याम्पियन्स लिगमा आधिकारिक रुपमा प्रयोग गर्न थालिएको छ।
यो प्रणाली यस वर्ष आयोजना हुने फिफा विश्वकप कतारमा पनि प्रयोग गरिनेछ। छिट्टै अन्य युरोपेली लिगहरुमा पनि प्रयोग गरिने अपेक्षा गरिएको छ।
प्रणालीले खेलको समयमा खेलाडी र बल ट्रयाक गर्न स्टेडियममा जडान गरिएका १२ क्यामराहरु प्रयोग गर्नेछन्। आर्टिफिसियल इन्टिलिजेनसले स्केलेटन प्लेयर ट्रयाकिङ प्रणाली प्रयोग गरेर खेलाडीहरुको शरिरमा १२ विन्दुहरु निगरानी गर्छ।
अधिकारीहरुले नाडी घडीमा नोटिफिकेसन प्राप्त गर्नेछन्। र, खेल सञ्चालन गर्ने र भीएआर कल लिने अन्तिम निर्णय अधिकारीको निहित हुनेछ।
प्रकाशित: २९ भाद्र २०७९, बुधबार