आइएमई प्रयोगकर्ताहरूले एनसेलको नेटवर्कमा निःशुल्क एप प्रयोग गर्न सक्ने

  • Technology Khabar | २८ भाद्र २०७९, मंगलवार
आइएमई प्रयोगकर्ताहरूले एनसेलको नेटवर्कमा निःशुल्क एप प्रयोग गर्न सक्ने

काठमाडौं ।

एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्नेछन् ।

आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यो आकर्षक योजना ल्याएको हो । आइएमई पे र एनसेलले यस योजनाका लागि सहकार्य गर्नुको मुख्य कारण डिजिटल नेपालको परिकल्पनातर्फ अघि बढ्ने आफ्नो समान संकल्प रहेको बताए।

कुनै पनि डिजिटल वालेट सेवा प्रदायकले मोबाइल सेवा प्रदायकसँग मिलेर आफ्ना ग्राहकहरूलाई यस्तो सेवा विस्तार गरेको यो पहिलो पटक हो । यस सहकार्यले प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्ने र नेपाली ग्राहकहरूलाई परम्परागत वित्तीय विधिबाट आधुनिक डिजिटल वित्तीय विधिहरूमा परिचालन गर्ने विश्वास लिइएको जनाएको छ।

प्रकाशित: २८ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार