कहिलेसम्म बनाउँछ दूरसञ्चार प्राधिकरणले आईटी पार्क र डेटा सेन्टरको मापदण्ड?

  • Technology Khabar | २८ भाद्र २०७९, मंगलवार
कहिलेसम्म बनाउँछ दूरसञ्चार प्राधिकरणले आईटी पार्क र डेटा सेन्टरको मापदण्ड?

काठमाडौं ।

सरकारले आईटी पार्क तथा डेटा सेन्टर नियमनको व्यवस्था गर्ने जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणलाई दिएको छ।

डेटा सेन्टर तथा आईटी पार्कको मापदण्ड तथा नियामकीय कार्यविधि बनाउने जिम्मेवारी प्राधिकरणलाई दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिए।

दूरसञ्चार क्षेत्रको नियामक रहेको प्राधिकरणलाई नियमनका लागि कार्यविधि तथा नियमनको मापदण्ड बनाउन जिम्म्वारी दिएकाले चालु वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए।

टेक्नोलोजिखबरडटकमसँग कुरा गर्दै उनले भने,“डेटा सेन्टर र आईटी पार्क स्थापना, सञ्चालनका लागि कार्यविधि तथा नियमनको व्यवस्था हाल नभएकाले प्राधिकरणले यही वर्षभित्र नियम बनाउने छ।”

नियमन भएपछि सूचना प्रविधिको माध्यमबाट सञ्चालन हुने, प्राविधिक सेवा दिने तथा व्यक्तिगत डेटा भण्डारको सेवा थप मजबुत हुने र कानूनी प्रकृया पूरा हुँदा काममा सहज हुने प्राधिकरणका सहप्रवक्ता मिश्रले औल्याए।
कम्पनी बनाएर प्रविधि सेवा सञ्चालन हुँदा डेटा सेन्टरबाट हुने क्षतिको पूर्ति माग गर्ने बाटो खुला हुने प्राधिकरणको दाबी छ।

कुनै पनि कार्यमा कानूनीगत बलियो पार्न कमजोरी सम्बोधन गर्न तथा व्यवसायलाई स्वच्छ बनाउनका लागि अघि बढेकोे प्राधिकरणले उल्लेख गरेको छ।

प्रकाशित: २८ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार