कम्प्युटर बिलिङ स्वीकृत गर्दा घुस माग्ने कम्प्युटर अधिकृत विरुद्द मुद्दा

  • Technology Khabar | २७ भाद्र २०७९, सोमबार

काठमाडौं ।

आन्तरिक राजस्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृतले तीस हजार घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ।

कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग तीस हजार घुस माग गरेको भन्दै मुद्दा दायर गरिएको हो।

प्रधानले घुस माग गरेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले प्रधानलाई गत साउन १८ गते नियन्त्रणमा लिएको थियो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले अनुसन्धानको क्रममा प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग तीस हजार लिएको पुष्टि भएको जानकारी दिए।

प्रवक्ता भण्डारीका अनुसार प्रधानविरुद्ध तीस हजार बिगो कायम गरी जरिवाना र कैद सजाय मागदाबीसहित सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

प्रकाशित: २७ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार