विद्यालयलाई १४ थान कम्प्युटर

  • Technology Khabar | २८ भाद्र २०७९, मंगलवार
विद्यालयलाई १४ थान कम्प्युटर

काठमाडौं ।

पाँचथरको कुम्मायक गाउँपालिका–२ घर भई हाल दक्षिण कोरियामा कार्यरत गजेन्द्र सेर्माले स्थानीय सिद्व सरस्वति माध्यमिक विद्यालय मङजावुङलाई १४ थान कम्युटर हस्तान्तरण गरेका छन्।

कार्यालय प्रयोजनसँगै विद्यार्थीलाई प्रविधिमैत्री शिक्षण सिकाइमा सहयोग पुर्याउने उद्देश्ले सो कम्युटर वितरण गरिएको सेर्माले जानकारी दिए।

करिब तीन लाख मुल्य पर्ने कम्प्युटर प्रधानाध्यापक पूर्णकुमार सेर्मालाई सोमबार हस्तान्तरण गरिएको छ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती र वडाध्यक्ष बालकृष्ण सेर्मालगायत जनप्रतिनिधि, शिक्षक र विद्यार्थीको सहभागिता थियो । विद्यालयले सोही कार्यक्रममा सेर्मालाई कदरपत्रमार्फत सम्मान गरेको थियो । गोरखापत्रबाट

प्रकाशित: २८ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार