
काठमाडौं ।
अमेरिकी फेडेरेसन कम्यूनिकेसन कमिसन (एफसीसी)ले पृथ्वीको तल्लो अन्तरिक्ष जंकको सम्बन्धमा नयाँ व्यवस्थापन गर्ने भएको छ। एजेन्सीले गत बिहीबार गैर भूस्थिर भूउपग्रहरु अन्तरिक्षमा कति समयसम्म रहन सक्छन् भन्ने समयसीमा प्रस्ताव गरेको इनग्याजेडले उल्लेख गरेको छ।
नासाको १९९० को दिशानिर्देशन अनुसार मृत स्याटेलाइटहरु २५ वर्षभित्र डिअर्बिट गरिनुपर्नेछ।
एफसीसी ५ वर्षको नियम अपनाउन चाहन्छ। जसमा घरेलु स्याटेलाइट अपरेटरहरु र अमेरिकी बजारमा पहुँच चाहने कम्पनीहरुले सकेसम्म चाँडो आफ्नो गैर कार्यरत स्याटेलाइटहरुलाई निष्कासन गर्नुपर्ने हुन्छ।
‘हामी विश्वास गछौं कि एलईओ (तल्लो पृथ्वी अर्बिट)मा स्याटेलाइटहरुलाई दशकौंदेखि डिअर्बिट गर्न छोड्नु अब दिगो छैन,’ एफसीसीको प्रस्तावमा भनिएको छ।
पहिले नै अन्तरिक्षमा रहेका स्याटेलाइटहरु एफसीसीको दिशानिर्देशबाट मुक्त हुनेछन्। उनीहरुको हकमा यो नयाँ नियम लागू हुने छैन।
आयोगले सेप्टेम्बर २९ मा शुरु हुने दुई वर्षको ग्रान्डफादरिङ अवधि पनि प्रस्ताव गरेको छ। जुन दिन यो नियमनमा मतदान गर्ने योजना छ।
यो कार्भआउटले संगठनहरुलाई पहिले नै भविष्यको स्याटेलाइट प्रक्षेपण समयको लागि आफ्नो अन्तरिक्ष यानको डिस्पोजल योजना विकास गर्न स्वीकृति प्रदान गरेको थियो।
नासाले ५ वर्षको सीमाले यसको क्युबस्याट मिसनहरुलाई असर गर्ने चिन्ता व्यक्त गरेपछि एफसीसीले केही सहुलियत दिने बताएको छ।
पृथ्वीको तल्लो अर्बिटमा रहेका भूउपग्रहहरुको संख्यामा आगामी केही वर्षमा उल्लेखनिय रुपमा बढ्ने अपेक्षा गरिएको समयमा यो प्रस्ताव आएको छ।
स्पेसएक्स, अमेजन, वानवेबलगायत कम्पनीले २०२५ सम्म १८ हजारभन्दा नयाँ स्याटेलाइट अर्बिटमा प्रक्षेपण गर्ने विश्वास गरिएको छ।
प्रकाशित: २७ भाद्र २०७९, सोमबार