
काठमाडौं ।
जेटिआश खेल सफ्टवेयर विकासका लागि विश्वका युवाहरू एकजुट भएका छन्।
टर्किको खेल जेटिआश सफ्टवेयर विकास गर्न विश्वमा आवहान गर्दा नेपाल सहित ५१ देशहरूका ६०० युवाहरू सो देशमा जुटेको टर्कीको समाचार माध्यमहरूले जनाएका छन्।
नेपालको पुल्चोक कलेजका इन्जिनियर विद्यार्थीको सहभागिता थियो। नेपाल लगायत बोस्निया र हर्जेगोभिना, नर्वे र लिथुआनियाका १, १ जना युवाको मात्र सहभागिता थियो।
गेम डिजाइनरहरू, सफ्टवेयर विकासकर्ताहरू, डिजिटल सिनेमा र एनिमेसन फिल्म निर्माताहरू र पटकथा लेखकहरू, जसले डिजिटल सामग्रीको संसार बनाउन इच्छुक थिए उनिहरूको सहभागिता रहेको हो।
५हजार जनाले निवेदन दिएकोमा विश्वका ६०० जना छानिएर भदौं १ गतेदेखि २६ गते अर्थात् सेप्टेम्बर ११ सम्म चलेको सम्मेलनमा भए।
प्रविधि र नवाचार आधार बिलिसिम वाडिसीमा क्याम्प निकै उत्साहितसँगै नयाँ प्रविधिको विकासमा टेवा पुग्ने टर्की सरकारले जनाएको छ।
भेलाको समापन गर्दै टर्कीका उद्योग तथा प्रविधि मन्त्री मुस्तफा वरङ्कले डिजिटल एनिमेसन एण्ड गेम क्लस्टरिङ सेन्टर (डिजिआज) गेम डेभलपमेन्ट समर क्याम्पले सबै देशले टेक्नोलोजीमा आधारित व्यवसायमा ठूलो गति हासिल गरेको दाबी गरे।
उनले भने,“यस क्षेत्रमा युवाहरूको चासोका साथ हामीले प्राप्त गरेको गतिले टर्कीलाई फरक आयाममा पुर्याउनेछ।” मन्त्री वरङ्कले थपे, “विश्वको १० ठूला अर्थतन्त्रहरूमध्ये एक बन्न मूल्य अभिवृद्धि उत्पादन आवश्यक भएकाले टर्कीले खेल विकास र सफ्टवेयर जस्ता क्षेत्रहरूमा सबै देशलाई सहभागि गराएर विश्वका विकास गर्न खोजेका छौं।”
मानव संसाधन प्रदान गर्न विश्वका सार्वजनिक र निजी क्षेत्र बीच एक पुलको काम गरेको र जुनसुकै विषयको पनि खेल स्टुडियोको आवश्यकता परेकाले युवाको सहभागिता भएको टर्कीको भनाई छ।
निद्राविहीन रातहरू
क्याम्पसमा सहभागीहरूले निद्राविना रात बिताएको र टर्कीसँगै आफ्नो देशको प्रविधिलाई सबै विषयमा जोड्न तयार रहेको जनाएका छन्।
विभिन्न देशका विद्यार्थीहरूले बनाएको खेलहरूमा सफ्टवेयर प्रयोग प्रयास समेत भएको थियो।
सहभागि युवाहरुले टर्कीसँगको यो सहयोग र सहकार्य सदैब जारी राख्ने जनाएका छन्। उनिहरुले टर्कीलाई समकालीन सभ्यताको स्तरमा माथि उठाउन चाहनुका साथै विश्वको १० ठूला अर्थतन्त्रहरू मध्ये खेल सफ्टवेयरलाई एक माध्यम बनाउन चाहेको धारणा राखेका छन्।
सबैको उत्साह र प्रयासबाट अझै अन्यलाई पनि सहभागि गराई विश्व अर्थको विकासमा लाग्नुपर्ने सहभागिहरुको भनाई थियो।
विद्यार्थीहरूसँग सेल्फी लिने र खेल क्याम्पको भित्तामा आफ्नो नाम हस्ताक्षर गर्ने वरकले ग्रहको पालमा खेलको अनुभव समेत भएकाले टर्की सरकार क्याम्प आयोजनाप्रति हर्षित छ।
टर्कीले प्रविधिमा आधारित व्यवसायहरूमा ठूलो गति हासिल गरेको छ। तीन वर्ष पहिले, टर्कीमा एक अर्ब डलरको कम्पनी थिएन, तर अहिले ६ युनिकर्नमध्ये ३ खेल र सफ्टवेयर कम्पनीहरू रहेको टर्कीले जनाएको छ।
आगामी दिनमा विश्वका सहभागि सबै ६०० युवासँगै मिलेर काम गर्ने चाहना टर्की सरकारको छ।
प्रकाशित: २७ भाद्र २०७९, सोमबार