
काठमाडौं ।
नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालीहरुको चाड दशैंलाई लक्षित गर्दै “वर्ल्डलिंकfesTVty” अफर ल्याएको छ ।
यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक फरक आकर्षण डिलहरु प्राप्त गर्न सक्नेछन्। पहिलो प्याकेज फास्ट अफर अन्तर्गत रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर र २००Mbps इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन्।
टु राउटर प्याकेज अन्तर्गत मात्र रु १,०५० प्रति महिना ९वार्षिक सदस्यता० मा ग्राहकहरुले नोकिया बिकन १।१ मेस राउटर, डुअल ब्यान्ड राउटर र उच्च गतिको इन्टरेटका साथै अटुट कनेक्सन सहितको २०० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सक्नेछन् ।
सबै भन्दा राम्रो मनोरञ्जनको प्याकेज एकै ठाउँमा प्राप्त गर्न सकिने स्मार्ट अफर अन्तर्गत मात्र रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) नोकिया बिकन १.१ मेस राउटर, २०० एमबीपीएसको इन्टरनेट सेवा साथमा सम्पूर्ण प्रकारका आवश्यकताहरुलाई मध्यनजर गर्दै, सेट टप बक्सको साथमा मासिक नेटटिभी मात्र रु १५० मा प्राप्त गर्नेछन्।
यो अफर १ वर्ष, ६ महिना वा ३ महिनाको प्याकेजहरुमा उपलब्ध हुनेछ । साथै उपलब्ध हुने सबै स्पिडहरुमा, सम्पूर्ण ग्राहकहरुका लागि (नयाँ तथा हालका) लागु हुनेछ।
सम्पूर्ण नेपालीहरु माझ महान् चाडपर्वको पावन अवसरमा सबैमाझ छिटो र भरपर्दो इन्टरनेटका साथै खुशियालि र मनोरञ्जन पुर्याउने वर्ल्डलिंकको चाहना छ।
वर्ल्डलिंकले देश र जनताहरुलाई इन्टरनट संग जोड्न देशभर धेरै मद्दत पुर्याएको छ। यसै क्रममा वर्ल्डलिंकले आफ्ना ग्राहकहरुलाई इन्टरनेट संगै भ्यालु एडेड सर्भिसेस पनि प्रदान गर्दै आएको छ । जस अन्तर्गत वाईफाई एक्सप्रेसद्वारा देश भर १४ हजारभन्दा धरै वाईफाई हटस्पटमा निःशुल्क वाईफाई प्रदान गरिरहेको छ।
साथै तुरून्तै सेवा अन्तर्गत अवरुद्ध भएको २ घण्टा भित्र सेवा पुनर्स्थापना नभएमा २ दिन इन्टरनेट सेवा निःशुल्क प्रदान गर्दछ।
नेटटिभी फेस्टिभिटी अफर

दशैं चाडबाडको पावन अवसरमा, नेपालको अग्रणी सेवा प्रदायक नेटटिभीले “नेटटिभी फेस्टिभिटी अफर (NETTV fesTVty)” दशैं अफर ल्याएको छ। यस दशैं अफरमा नेटटिभीले टिभी र नेटटिभी सदस्यताको बन्डल अफर एकदम सुपथ मुल्यमा बजारमा ल्याएको छ।
“नेटटिभी फेस्टिभिटी” अफर अन्तर्गत नेटटिभीको सेट टप बक्स र एक वर्षको सदस्यताको साथमा उपभोक्ताले यासुडाको ३२ इन्चको एलईडी टिभी वा ४३ इन्च को बेजेललेस स्मार्ट टिभी खरिद गर्न सक्नेछन्। ३२ इन्च को टिभीको नेटटिभी सेट टप बक्स र एक वर्षे प्लानको मूल्य भ्याटसहित रु १४,९९९ रहेको छ भने ४३ इन्च टिभीको नेटटिभी सेट टप बक्स र एक वर्षे प्लानको मूल्य भ्याटसहित रु २९,२९९ रहेको छ। दुवै प्लानमा सेट टप बक्स को डिपोजिट रु ५०० लाग्ने कम्पनीले जनाएको छ।
प्रकाशित: २७ भाद्र २०७९, सोमबार