प्रहरीलाई विद्युतीय अटो टेम्पो

  • Technology Khabar | २६ भाद्र २०७९, आईतवार

काठमाडौं ।

गस्ती गर्नका लागि इटहरी उपमहानगरपालिकाका प्रहरीले विद्युतिय अटो टेम्पो पाएका छन्।

इटहरी उपमहानगरपालिका ६ स्थित बजाज शोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई विद्युतीय गाडी हस्तान्तरण गरेको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरूप बजाज शोरुमका प्रबन्धक प्रदिप सन्थालियाले १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरिलाई हस्तान्तरण गरे।

प्रहरी नायब महानिरीक्षक गिरिले ९ सिट क्षमता भएको उक्त विद्युतीय अटो टेम्पो विशेषगरी आत्महत्या रोकथाम तथा न्यूनिकरण अभियान एवम् प्रहरी गस्ती पेट्रोलिङको लागि परिचालन हुने बताए।

बजाज शोरुमका प्रबन्धक सन्थालियाले प्रहरी नागरिकको निम्ति अहोरात्र खटिइरहेको उल्लेख गर्दै आगामी दिनमा समेत प्रहरीलाई आवश्यक सहयोग गर्दै जाने बताए।

प्रकाशित: २६ भाद्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार