
काठमाडौं ।
छपन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस बिहीबार नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्कनको मापनसहितको प्रतिवेदन दिवसकै अवसरमा बिहीबार सार्वजनिक गरेको छ।
विद्यालयको गुणस्तरमा प्रविधिको प्रयोग बढावामा जोड दिनुपर्ने रहेको छ।
युनेस्कोले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो। नेपालमा यही दिवसका दिन राष्ट्रिय शिक्षा दिवस मनाइएको भए पनि गत तीन वर्षअघि स्थगन भएको राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति तर्जुमा गर्ने तयारी भइरहेको छ।
प्रकाशित: २३ भाद्र २०७९, बिहीबार