
काठमाडौं ।
नेटफ्लिक्सले आफ्नो सस्तो, विज्ञापन-समर्थित योजनाको डेब्यू आगामी नोभेम्बरमा गर्ने तयारी गरिरहेको छ। भेराइटी वेबसाइटको रिपोर्टअनुसार यसले डिज्नी प्लस विज्ञापन-समर्थन टियरको ०८ डिसेम्बर प्रक्षेपणलाई हराउनको लागि त्यस अगाडि नै नयाँ सेवा घोषणा गर्नेछ।
यो विज्ञापन समर्थित संस्करण कसरी सुरू गर्ने निर्णय गर्ने बारे प्रारम्भिक अवस्थाहरुमा नै रहेको नेटफ्लिसले बताएको छ।
गत जुलाईमा, नेटफ्लिक्सले सन् २०२३ को सुरुमा विज्ञापनहरूसहितको सस्तो मूल्यको संस्करण सुरु गर्ने बताएको थियो।
यसअघि ब्लूमबर्गले सो विज्ञापन समर्थित स्ट्रिमिङ्ग संस्करणको शुरुवाती मूल्य ७ देखि ९ डलरको बिचमा हुने समाचार लेखेको थियो।
कम्पनीको हालको “आधारभूत” योजना प्रति महिना १० डलरमा सुरु हुन्छ र यसमा एचडी स्ट्रिमिङ समावेश गर्दैन। तपाईंले नेटफ्लिक्समा फोरके सामग्रीमा पहुँच गर्न प्रत्येक ३० दिनमा २० डलर जति तिर्नुपर्नेछ।
प्रकाशित: २१ भाद्र २०७९, मंगलवार