सौर्य उर्जामा आधारित चीनको अन्तरिक्ष मानवरहित हवाई विमानको पहिलो उडान सफल

  • Technology Khabar | २१ भाद्र २०७९, मंगलवार
सौर्य उर्जामा आधारित चीनको अन्तरिक्ष मानवरहित हवाई विमानको पहिलो उडान सफल

काठमाडौं ।

चीनको स्वतन्त्र रूपमा विकसित क्यूएमएक्स५० नामक एक ठूलो सौर्य ऊर्जाबाट चल्ने अन्तरिक्ष मानवरहित हवाई विमान (यूएभी) ले शनिबार उत्तरपश्चिम चीनको शान्सी प्रान्तको युलिनमा आफ्नो सफल पहिलो उडान गरेको छ।

देशको अग्रणी विमान निर्माता एभिएसन इन्डस्ट्री कर्पोरेशन अफ चाइना (एभिआईसी) ले आइतबार दिएको जानकारीअनुसार क्यूएमएक्स५० स्थानीय समयअनुसार बेलुका ५:५० मा उड्यो र २६ मिनेटको उडान पछि सुरक्षित रूपमा अवतरण गरियो।

क्यूएमएक्स५०लाई एभीआईसी फर्स्ट एयरक्राफ्ट इन्स्टिच्युटले विकास गरेको हो र पहिलो उडान सफल भएपछि विमानको प्रणाली कम्पोनेन्टहरू सबै राम्रो अवस्थामा भएको एभिआईसीले जानकारी दिएको शिन्ह्वाले जनाएको छ।

यो सुपर-हाइ एस्पेक्ट रेसियो भएको पहिलो हाई अल्टिच्युडको लागि कम स्पीड भएको यूएभी हो।

प्रकाशित: २१ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार