
काठमाडौं ।
नेपालीहरुको महान चाड बडा दशैं र तिहार नजिकिँदै गर्दा स्मार्ट सेलले दशैँ-तिहारको अवसरमा दुई नयाँ अफरहरू ल्याएको छ, “स्मार्ट सेल मेगा मिनेट” र “स्मार्ट सेल विक्ली कम्बो प्याक”।
यी अफरहरूमा प्रयोगकर्ताले सबै नेटवर्कमा कल गर्न मिल्ने भ्वाइस प्याकहरू, डाटा प्याकहरू र एसएमएस प्याकहरू सस्तो दरमा प्रयोग गर्न पाउनेछन्।
स्मार्टसेल नेपालको तेस्रो ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी हो। जुलाई १, २००८ देखि स्मार्ट सेल नेटवर्कमार्फत दूरसञ्चार सेवाहरू प्रदान गर्दै आएको यस कम्पनीले आफ्नो ग्राहकलाई कम मूल्यमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। देशैभर फैलिएको सबैभन्दा फास्ट ४जी नेटवर्क सबैभन्दा कम मूल्यमा प्रदान गर्दै स्मार्ट सेल मोबाइल डाटा प्रयोगकर्ताहरूको रोजाइमा परेको छ।
मोबाइलमा सोसल मिडियाको प्रयोग गर्नदेखि अनलाइन गेम खेल्नसम्म, वा वेब सर्फिङ गर्नको लागि सस्तो डाटाको कारण स्मार्ट सेलको लोकप्रियता युवा ग्राहकमाझ लोकप्रिय रहेको कम्पनीको दाबी छ।
दशैं-तिहारको उपलक्ष्यमा स्मार्ट सेलले “स्मार्ट सेल मेगा मिनेट” प्याक ल्याएको छ। यो प्याक खासगरी आफ्ना प्रियजनहरूसँग लामो कुराकानी गर्न रुचाउने ग्राहकहरुको लागी ल्याइएको हो। यो प्याक अन्तर्गत प्रयोगकर्ताले नेपालको जुनसुकै नेटवर्कमा सुपथ मूल्यमा कल गर्न पाउँछन् ।
“स्मार्ट सेल मेगा मिनेट”” को थप विवरणहरू निम्नानुसार छन्:
| अल नेट टक टाइम | दर (कर सहित) | भ्यालीडीटी | USSD कोड |
| २५ मिनेट | रु १५ | १ दिन | *१४१००*५*१*१# |
| ७५ मिनेट | रु ४० | ३ दिन | *१४१००*५*१*२# |
| १७५ मिनेट | रु ९० | ७ दिन | *१४१००*५*१*३# |
| २५० मिनेट | रु १२५ | १५ दिन | *१४१००*५*१*४# |
| ५०० मिनेट | रु २२५ | ३० दिन | *१४१००*५*१*५# |
“स्मार्ट सेल मेगा मिनेट” प्याकको अतिरिक्त स्मार्ट सेलले “स्मार्ट सेल विक्ली कम्बो प्याक” पनि ल्याएको छ। यस अन्तर्गत नेपालकै सबैभन्दा फास्ट ४जी तथा २जी नेटवर्कको साथ, स्मार्ट सेल प्रयोगकर्ताहरूले अब ७ जीबी डाटाको साथमा ७० मिनेटको टकटाइम, र ७० एस एम एस, एक हप्ताको लागि भ्यालिड हुने गरी लिन सक्नेछन् । यो योजना जम्मा रु.१२५ मा लिन सकिनेछ। यस योजना मार्फत स्मार्ट डाटा प्रयोगकर्ताहरूलाई भ्वाइस र एसएमएस सेवाहरू प्रयोग गर्न प्रोत्साहित गर्ने कम्पनीको उद्देश्य रहेको छ।

“स्मार्ट सेल विक्ली कम्बो प्याक” को थप विवरणहरू निम्नानुसार छन्:
| सुबिधा | दर (कर सहित) | भ्यालीडीटी | USSD कोड |
| ७ जीबी डाटा | रु १२५ | ७ दिन | *१४१००*७*२*२# |
| ७० मिनेट अल नेट टकटाइम | |||
| ७० अल नेट एस एम एस |
यी दुबै योजनाहरू भदौ २० गते देखि लागु हुनेछन् । स्मार्ट सेल प्रयोगकर्ताहरूले माथि उल्लिखित यूएसएसडी कोडहरू डायल गरि आफुलाई पायक पर्ने कुनै पनि योजना रोज्न सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: १९ भाद्र २०७९, आईतवार