नबिल बैंक र दराजबीच अनलाइन किनमेलमा छुट दिने सम्झौता

  • Technology Khabar | १९ भाद्र २०७९, आईतवार
नबिल बैंक र दराजबीच अनलाइन किनमेलमा छुट दिने सम्झौता

काठमाडौं ।

नबिल बैंक र दराजबीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ। सम्झौता अन्तर्गत भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्डवाहकहरुले आकर्षक छुटको पाउने छन्।

दराज दशैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ।

दराज दशैं धमाका २०७९ का लागि नबिलका तर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयालले हस्ताक्षर गरेको बैंकले जानकारी दिएको छ।

प्रकाशित: १९ भाद्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार