कामना सेवा विकास बैंकद्वारा डिजीटल वीक सार्वजनिक

  • Technology Khabar | १९ भाद्र २०७९, आईतवार
कामना सेवा विकास बैंकद्वारा डिजीटल वीक सार्वजनिक

काठमाडौं ।

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई डिजीटल माध्यम मार्फत सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्नको लागि मिति २०७९ साल भाद्र १९ गते आईतबार देखि २०७९ साल भाद्र २४ गते शुक्रबारसम्म केएस डिजीटल वीक सार्वजनिक गरेको छ ।

नगद छोडौं, डिजीटल रोजौं कार्यक्रम अन्तर्गत यस केएस डिजीटल वीकमा कामना सेवा विकास बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम रु. ५० वा १५% बोनस बापत कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्ने बताईएको छ। साथै बैंकका ग्राहक महानुभावहरुले समेत डिजीटल कारोबारमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

आइएमई पे तथा खल्ति डिजीटल वालेटमा कामना सेवा विकास बैंक लिङ्क गरि रु.१०० सम्मको क्यासब्याक लगायत अन्य थुप्रै डिस्काउन्ट र आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नुहुनेछ। बैंकले यो योजना आफ्नो डिजिटल पार्टनर्स फोनपे, एफवान सफ्ट, एनसीएचएल, भीसा, आइएमई पे, र खल्ती डिजीटल वालेटसंगको संयुक्त साझेदारीमा ल्याएको जनाएको छ।

बैंकले डिजीटल कारोबारलाई प्रबद्र्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो। साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको “डिजीटल पेमेन्ट ईयर” लाई टेवा पुर्याउने बैंकले विश्वास लिएको छ।

प्रकाशित: १९ भाद्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार