कक्षा १२ को नतिजा सार्वजनिक, नेपाल टेलिकमको सेवा प्रयोग गरेर यसरी हेर्नुस्

  • Technology Khabar | १७ भाद्र २०७९, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, नेपाल टेलिकमको सेवा प्रयोग गरेर यसरी हेर्नुस्

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार अपराह्न सार्वजनिक गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नतिजा सार्वजनिक भएको जानकारी दिए।

प्रमुख अर्यालकाअनुसार नियमिततर्फ तीन लाख ६३ हजार आठ जना, ग्रेड वृद्धितर्फ तीन हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ।

परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो।

यसरी हेर्नुस् परीक्षाको नतिजा

बोर्डले ल्यान्डलाइन र मोबाइलमार्फत नतिजा हेर्न भनेर लिंक पनि सार्वजनिक गरिसकेको छ।

कक्षा १२ को नतिजा नेपाल टेलिकमबाट प्राप्त गर्नको लागि ल्यान्डलाइन र मोबाइल बाट १६०१ डायल गरी निर्देशन अनुसार सिम्बोल नम्बर (SYMBOL NUMBER) थिच्नुहोस् वा एसएमएसबाट एनईबी (NEB) टाइप गरी १६०१ मा पठाउनुहोस्। https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिने जनाएको छ।

प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार