
काठमाडौं ।
कुमारी बैंकले ‘एक्सिलेन्स इन इकमर्श बिजनेश २०२२’ अवार्ड पाएको छ। भिसाले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ –पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो।
बैंकले आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आएको छ।
प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार