
काठमाडौं ।
भारतमा अनलाइन गेमिङको कमाईमा कर तिर्नु पर्ने भएको छ। यदि करबाट बचे पनि आयकर विभागको तर्फबाट नोटिभ पठाइने जागरणले उल्लेख गरेको छ। अनलाइन गेमिङबाट कमाई गर्ने व्यक्ति पता लगाउनका लागि विभागले आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग गर्नेछ।
विभागका अनुसार अनलाइन गेमिङबाट कमाई गर्ने व्यक्तिले रिभाइज रिटर्न तिर्नु पर्ने हुन्छ। रिभाइज रिटर्नको नियम अनुसार कमाईको ३० प्रतिशत कर तिर्नुपर्छ।
केन्द्रीत प्रत्यक्ष कर बोर्ड (सीबीडीटी)का अनुसार पछिल्लो ३ आर्थिक वर्षमा अनलाइन गेमिङ पोर्टलका विजेताले ५८ हजार करोड भारु पुरस्कार रकमको रुपमा दिइएको छ। तर अहिलेसम्म कुनै पनि विजेताले यस कमाईको कर दिएका छैनन्। अब अनलाइन गेमिङबाट कमाई गर्नेलाई आयकार विभागले नोटिस पठाउने छ।
संसारमा सबैभन्दा बढी अनलाइन गेम खेल्ने चीनमा छन्। त्यस पछि भारतमा रहेका छन्। सबै अनलाइन गेमबाट कमई हुँदैन। तर केही गेमिङ प्लेटफर्मले ठूलो पुरस्कार राशीको प्रतियोगिता आयोजना गरिरहेका छन्। अनलाइन गेमिङबाट कमाई हुने आम्दानीको ३० प्रतिशत कर तिर्नु पर्ने हुन्छ।
जागरणका अनुसार भारतमा २.५ अर्ब अमेरिकी डलरको अनलाइन गेमिङ कारोबार छ।
प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार