बीरगंजमा डिशहोम फाईबरनेटको सह–वितरण सोरुम

  • Technology Khabar | १६ भाद्र २०७९, बिहीबार
बीरगंजमा डिशहोम फाईबरनेटको सह–वितरण सोरुम

काठमाडौं ।

नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईबरनेटले बीरगंजमा पनि सह–वितरण सोरुम संचालनमा ल्याएको छ।

सोरुम समुद्धघाटन डिशहोमका तर्फबाट जनरल सेल्स म्यानेजर रमेश सापकोटा ,एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर मनोज घिमिरेको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका शुभम ट्रेडर्सलेले अब डिशहोम फाईबरनेट बिक्री र विक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ।

५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाईबरनेटको सेवा उपलब्ध गराईसकेको शुभम ट्रेडर्सले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने संचालक चन्दन रौनियारले जानकारी दिए।

प्रकाशित: १६ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...