
काठमाडौं ।
एनसेल ‘नेपालको सबैभन्दा तिब्र मोबाइल नेटवर्क’ बाट सम्मानित भएको छ। एनसेल आजियाटा लिमिटेडलाई सो अवार्ड इन्टरनेटको गति जाँच गर्ने अन्तर्राष्ट्रिय कम्पनी ओक्लाले स्पीडटेस्टको आधारमा प्रदान गरेको हो।
कम्पनीकाअनुसार एनसेल २०२२ को पहिलो र दोस्रो त्रैमासिकको अवधिमा मोबाइल नेटवर्क स्पीडका लागि नेपालको सबैभन्दा तिब्र गतिको मोबाइल इन्टरनेट प्रदान गरेकोमा स्पीडटेस्ट अवार्ड विजेता हो।
यो अवार्ड जित्नको लागि, एनसेलले १७.१६ को स्पीड स्कोर हासिल गरेको छ, जसमा १७.३१ एमबीपीएसको मिडियन डाउनलोड स्पीड र ९.२६ एमबीपीएसको मिडियन अपलोड स्पीड रहेको छ।
इन्टरनेट स्पीडको आधारमा एनसेलपछि नेपाल टेलिकम रहेको छ भने अन्तिममा स्मार्ट टेलिकम रहेको छ।
ओक्लाको तथ्यांकअनुसार नेपाल टेलिकमले भने मोबाइल इन्टरनेटको डाउनलोड गतिमा १६.२३ एमबीपीएसको स्पीड स्कोर हासिल गरेको छ। त्यस्तै स्मार्टले ८.९७ एमबीपीएस को स्पीड स्कोर हासिल गरेको छ।
Congratulations to @Ncell the Fastest Mobile Network in Nepalhttps://t.co/FpATDdx31B pic.twitter.com/XBTVZJm8A8
— SpeedtestAwards (@SpeedtestAwards) September 1, 2022
“नेपाललाई उच्च गतिको मोबाइल ब्रोडब्याण्डसँग जोड्ने हाम्रो निरन्तर प्रयासलाई मान्यता दिँदै नेपालीलाई यसले ल्याएको अवसरहरूसँग जोड्न चाहन्छ,” एनसेलले सो अवार्डको बारेमा भनेको छ।
प्रकाशित: १६ भाद्र २०७९, बिहीबार