त्रिविले खुलायो चार वर्षे स्नातक तहको कम्युटर विज्ञान तथा सूचना प्रविधिमा भर्ना

  • Technology Khabar | १५ भाद्र २०७९, बुधबार
त्रिविले खुलायो चार वर्षे स्नातक तहको कम्युटर विज्ञान तथा सूचना प्रविधिमा भर्ना

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चार वर्षे स्नातक तहको कम्युटर विज्ञान तथा सूचना प्रविधि (बीएस्सी सीएसआईटी) विषयमा आगामी कात्तिक १९ गते प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ।

त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बीएस्सी सीएसआईटीको नयाँ भर्नाका लागि आउँदो कात्तिक १९ गते प्रवेश परीक्षा सञ्चालन गर्ने सूचना सार्वजनिक गरेको हो।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बुधबार सूचना निकाल्दै २०७९ का लागि चार वर्षे स्नातक तहमा नयाँ भर्नाका लागि कार्यक्रम तालिका प्रकाशित गरेको छ। जसअनुसार भदौ २३ गतेदेखि असोज २६ गतेसम्म इच्छुक विद्यार्थीहरुले अनलाइनमार्फत नै आवेदन दिन सकिने छ।

दोब्बर दस्तुर तिरेर असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ। आवेदन दस्तुर १५ सय रूपैयाँ रोकिएको भने प्रवेश परीक्षाका लागि परीक्षा केन्द्रपछि तोकिने संस्थानको भनाइ छ।

प्रवेश परीक्षा कात्तिक १९ गते शनिवार १२ बजेदेखि हुने जानकारी दिईएको छ।

यदि तपाईँ पनि कम्युटर विज्ञान तथा सूचना प्रविधि (बीएस्सी सीएसआईटी) विषयमा भर्ना हुन चाहनुहुन्छ भने https://tuiost.edu.np/ मा गएर आवेदन फर्म भर्न सक्नुहुनेछ।

प्रकाशित: १५ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...