प्रिपेड डलर कार्डमार्फत अनलाइन बेटिङ लगायतका कार्य गर्न रोक

  • Technology Khabar | १५ भाद्र २०७९, बुधबार
प्रिपेड डलर कार्डमार्फत अनलाइन बेटिङ लगायतका कार्य गर्न रोक

काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा खर्चमा थप कडाइ गरेको छ। मङ्गलबार राष्ट्र बैङ्कले एक निर्देशन जारी गर्दै वाणिज्य तथा विकास बैङ्कले प्रिपेड डलर कार्डमार्फत डेढ दर्जन शीर्षकमा वस्तु तथा सेवाको भुक्तानी नगर्न निर्देशन दिएको हो ।

अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानीको सहजताका लागि बैङ्क र विकास बैङ्कले विदेशी मुद्राको भुक्तानी गर्न वार्षिक अधिकतम पाँच सय अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्डको व्यवस्था गर्दै आएको छ।

केन्द्रीय बैङ्कको निर्देशनअनुसार राजीतिक संस्था, धार्मिक संस्था, बेटिङ, लोटरी, अनलाइन बेटिङ, पीओई फन्डिङ, क्यासिनो, रियल स्टेट एजेन्टलाई रेन्टललगायत १८ शीर्षकअन्तर्गतका वस्तु तथा सेवाहरू उपभोग गरेर डलरकार्डमार्फत भुक्तानी गर्न नपाइने व्यवस्था गरेको छ।

साथै वाणिज्य बैंकहरुलाई हुने भुक्तानी, स्टोरहरुको कार्ड खरिद तथा लोडिङ, विविध सेवा तथा वस्तु (अति जोखिम खालका), क्यासिनो, घोडा तथा कुकुर दौड, सबै प्रकारका जुवामा कार्डमार्फत भुक्तानी गर्न नपाइने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो।

प्रकाशित: १५ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १५ भाद्र २०७९, बुधबार