भारु १२ हजार भन्दा कमको स्मार्टफोन खण्डमा चिनियाँ ब्राण्डलाई भारतले प्रतिबन्ध नलगाउने

  • Technology Khabar | १५ भाद्र २०७९, बुधबार
भारु १२ हजार भन्दा कमको स्मार्टफोन खण्डमा चिनियाँ ब्राण्डलाई भारतले प्रतिबन्ध नलगाउने
सांकेतिक तस्विर

काठमाडौं ।

छिमेकी देश भारतको केन्द्र सरकारले १२ हजार भारतीय रुपैयाँभन्दा कम मूल्यका स्मार्टफोनको बिक्रीमा प्रतिबन्ध लगाउने योजना नबनाएको बताएको छ । भर्खरै, चिनियाँ स्मार्टफोन कम्पनीहरूलाई सरकारले १२,००० भारु भन्दा कमको सेगमेन्टमा स्मार्टफोन बिक्री गर्न प्रतिबन्ध लगाउन सक्ने अनुमान गरिएको थियो।

यो जानकारी इलेक्ट्रोनिक्स र आईटी राज्यमन्त्री राजीव चन्द्रशेखरले चिनियाँ कम्पनीहरूलाई कम मूल्यका फोनहरू बिक्री गर्न प्रतिबन्ध लगाउने योजनाको बारेमा सोधेको एक प्रश्नको जवाफमा दिएको ग्याजेट्स ३६० ले रिपोर्टमा उल्लेख गरेको छ। उनले सरकारले देशका ब्राण्डलाई बलियो बनाउने सोचमा रहेको बताए ।

उनकाअनुसार आगामी वर्षहरूमा इलेक्ट्रोनिक्ससँग सम्बन्धित इकोसिस्टममा देशमा प्राविधिक कम्पनीहरूको संख्या बढाइनेछ। उनले सरकारले चिनियाँ मोबाइल कम्पनीलाई देशबाट निर्यात बढाउन आग्रह गरेको बताए। चन्द्रशेखरले बजारमा कुनै विशेष खण्डमा प्रतिबन्ध लगाउने कुनै पनि योजनालाई अस्वीकार गरे। “हामीसँग त्यस्तो कुनै प्रस्ताव छैन र मलाई थाहा छैन यो जानकारी कहाँबाट आयो,” उनले भने।

समाचारअनुसार चन्द्रशेखरले देशमा मूल्य अभिवृद्धि बढाएको प्रतिवेदन पनि सार्वजनिक गरेका छन्। यसमा सरकारले आगामी तीन–चार वर्षमा इलेक्ट्रोनिक्सको उत्पादन ३०० अर्ब डलर पुर्याउन चाहेको बताएको छ। यो संख्या अहिले त्यसको एक चौथाइ मात्र हो। प्रतिवेदनमा निर्यात बढाउन, द्विपक्षीय र क्षेत्रीय स्वतन्त्र व्यापार सम्झौतामा काम गर्ने सुझावहरू पनि समावेश छन्। सरकारले निर्यातका लागि नियामक आवश्यकता र ढुवानी लागत घटाउने उपायहरू पनि गरिरहेको उल्लेख छ।

पछिल्ला केही वर्षमा भारतको स्मार्टफोन बजारमा चिनियाँ ब्राण्डको हिस्सा बढेको छ। यसको असर देशका स्मार्टफोन कम्पनीहरुमा परेको छ। चिनियाँ स्मार्टफोन कम्पनीहरूको लागि भारत ठूलो बजार हो।

प्रकाशित: १५ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार