युक्रेनी राष्ट्रपतिका सल्लाहकारको अन्तर्वार्ता प्रसारण गरेपछि रुसमा ट्विचलाई ५० हजार डलर जरिवाना

  • Technology Khabar | १५ भाद्र २०७९, बुधबार
युक्रेनी राष्ट्रपतिका सल्लाहकारको अन्तर्वार्ता प्रसारण गरेपछि रुसमा ट्विचलाई ५० हजार डलर जरिवाना

काठमाडौं ।

रुसले स्ट्रिमिङ कम्पनी ट्विचलाई जरिवाना लगाएको छ।

रुसको एक अदालतले मंगलबार स्ट्रिमिङ कम्पनी ट्विचलाई राष्ट्र विरोधी गतिविधि सञ्चालन गरेको आरोपमा ३० लाख रुबल अर्थात ५० हजार २०९ अमेरिकी डलर जरिवाना लगाएको रोयटर्सले उल्लेख गरेको छ।

ट्विचले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको सल्लाहकारको २ घण्टा लामो अन्तरवार्ता प्रसारण गरेको थियो।

रुस सरकारले उक्त अन्तरवार्ता हटाउन गरेको आग्रहलाई अस्वीकार गरेकोले ट्विच माथि जरिवाना लगाइएको बताईएको छ।

प्रकाशित: १५ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार