सिड्स फर द फ्युचरमा टेक फर गुड प्रोजेक्टका लागि टिम नेपालसमेत छनोट

  • Technology Khabar | १३ भाद्र २०७९, सोमबार
सिड्स फर द फ्युचरमा टेक फर गुड प्रोजेक्टका लागि टिम नेपालसमेत छनोट

काठमाडौं ।

ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम अन्तर्गत टेक फर गुड एक्सिलेटर बुटक्याम्पमा नेपाली टिम छनोट भएको छ। अगस्ट २९ देखि सेप्टेम्बर २ सम्म आयोजना हुने टेक फर गुड बुटक्याम्पमा नेपाली टिम छनोट भएको हो।

उक्त बुटक्याम्पमा एशिया प्यासिफिक क्षेत्रबाट नेपालसँगै अन्य ६ देशका टिम पनि सहभागी भएका छन् । अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजना हुने पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा आयोजना भएको थियो ।

उनीहरूले मेटाभर्स , फाइभजी, एआइ, र क्लाउडको बारेमा सिकेका थिए भने यूनेस्क्याप कार्यालय र थाइल्यान्डका सांस्कृतिक साइटहरूको भ्रमण पनि समावेश थियो।

सो अवधिमा उनीहरूलाई आफ्नो प्रोजेक्ट – अद्वैत  (Advait) लाई परिष्कृत गर्नका लागि राखिएको मेन्टरसँग काम समेत गरेका थिए। अगस्ट २७ मा भएको टेक फर गुड (Tech4Good) प्रतियोगितामा अद्वैत विजयी प्रोजेक्टहरू मध्ये एक थियो।

एसिया प्रशान्त क्षेत्रका १६ देशका २४ टोलीले प्रतियोगितामा आफ्नो अद्वितीय विचार प्रस्तुत गरेका थिए जसमध्ये ७ टोलीलाई सिंगापुरमा हुने बुटक्याम्पका लागि बिजेताको रूपमा छनोट गरिएको थियो।

अद्वैत एउटा एप हो जसले औषधिमा ठगी पत्ता लगाउन ब्लकचेन र एआई प्रयोग गर्दछ। सो एपकाअनुसार औषधिको प्रत्येक फाइलमा क्यूआर कोड (QR code) राखिएको हुनेछ। यो क्यूआर कोड स्क्यान गरेपछि, खरिदकर्ताहरूलाई उत्पादन मिति, म्याद समाप्ति मिति, आधिकारीक वितरक/ खुद्रा विक्रेतामार्फत औषधि आएको हो कि हैन, र एमआरपी बारे सूचित गरिन्छ।

टिम नेपालले अन्य ६ विजेता टोलीहरूसँग अर्को हप्ता सिंगापुरमा टेक फर गुड एक्सेलेटर क्याम्पमा भाग लिनेछ जहाँ उनीहरूले विज्ञहरूसँग भेट गर्नेछन् र सिंगापुरको नेसनल युनिभर्सिटी क्याम्पसमा आफ्नो आइडियाको सार्वजनिक डेमो गर्नेछन्।

उक्त क्याम्पबाट विद्यार्थीहरू फर्किएपछि सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा ह्वावेले बनाएको बेस स्टेशनको भ्रमणमा जाने छन्।

नेपालबाट सिड्स फर द फ्युचरका लागि काठमाडौं विश्वविद्यालयका निर्माण खड्का र प्राज्ञिक मल्लिक, मदन भण्डारी मेमोरियल कलेजका बंशज पौडेल, ख्वपः ईन्जिनियरिङ कलेजका जतिन भुसाल ,पुल्चोक क्याम्पसका रिया बैद्य र नदिका पौडेल तथा अमृत साइन्स क्याम्पसका अजु तामाङ छनोटमा परेका थिए।

प्रकाशित: १३ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार