ईस्पोर्टस् गेमिङ एकेडेमी ‘पिक्सोल गेमिङ’ अबुधाबीमा सञ्चालनमा आउँदै

  • Technology Khabar | १४ भाद्र २०७९, मंगलवार
ईस्पोर्टस् गेमिङ एकेडेमी ‘पिक्सोल गेमिङ’ अबुधाबीमा सञ्चालनमा आउँदै

काठमाडौं ।

पिक्सोल गेमिङ अत्याधुनिक भर्चुअल रियालिटी (भीआर) र ईस्पोर्टस् हब यस वर्षको अन्त्यमा अबुधाबीको सबैभन्दा रोमान्चक वाटरफ्रन्ट गन्तव्य अल कानामा सञ्चालनमा आउने भएको छ।

पिक्सोल गेमिङ यसको विस्तृत भीआर गेमिङ जोन मार्फत एक एकीकृत इमर्सिभ मनोरञ्जन गन्तव्य भएको ट्रेडअरबियाले उल्लेख गरेको छ।

यस इस्पोर्टस् एकेडेमीले गेमिङ एथलीटहरुको लागि केन्द्रित प्रशिक्षण सुविधा प्रदान गर्नेछ। पिक्सोल गेमिङले मध्यपूर्वमा पहिलो पटक इस्पोर्टस् एकेडेमी शुरु गर्दैै यस समुदायलाई बढावा दिनेछ।

विश्व स्तरको ठूलो ईस्पोर्टस् प्रतियोगिता अवलन गर्न चाहने दर्शकका लागि ८०० सीट क्षमताको स्टेडियमा पनि निर्माण गरिएको छ।

एकेडेमीमा ईस्पोर्टस् बार पनि छ।

प्रकाशित: १४ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...