सामसङ इनोभेसन क्याम्पस र इन्स्टिच्युट अफ इन्जिनियरिङ संस्थानसँग समझदारी

  • Technology Khabar | १३ भाद्र २०७९, सोमबार
सामसङ इनोभेसन क्याम्पस र इन्स्टिच्युट अफ इन्जिनियरिङ संस्थानसँग समझदारी

काठमाडौं ।

विश्वको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड मध्येको एक सामसङले प्राविधिक सीपहरूमा तालिम दिन त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ्सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

सामसङले नेपाली युवाहरुलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा तालिम दिने जनाएको छ। यसको विश्वव्यापी सीएसआर योजना सामसङ इनोभेसन क्याम्पसको एक भागको रूपमा काम गर्नेछ।

नयाँ तालिम योजनाले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउने बताईएको छ।

सामसङ इनोभेसन क्याम्पस योजना अन्तर्गत यसलाई हेरिएको छ। जसले युवाहरूलाई वास्तविक कार्यगत सीपहरू र मागअनुसारको प्राविधिक सीपहरू उपलब्ध गराउनेछ, साथै उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा पनि सुधार गर्नेछ।

सामसङ इलेक्ट्रोनिक्सका एसडब्ल्युए क्षेत्रीय अध्यक्ष तथा सिइओ केन काङ र सामसङ इलेक्ट्रोनिक्स ग्लोबलका अध्यक्ष तथा प्रमुख वित्तीय अधिकारी एचके पार्कको उपस्थितिमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा शशिधर राम जोशीले समझदारीपत्र आदानप्रदान गरेका थिए।

सामसङ इलेक्ट्रोनिक्सका एसडब्ल्युए क्षेत्रीय अध्यक्ष तथा सिइओ केन काङले भने, त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी सम्मानित महसुस गर्छौ। सामसङ इनोभेसन क्याम्पसको यस योजनाबाट हामीले नेपाली युवाहरूलाई श्रमबजारमा प्रवेशको तयारीका लागि प्राविधिक सीपहरू अभिवृद्धि गर्नेछौं, उनीहरूलाई व्यवसायहरूमा उच्च माग भएका र भविष्यमा प्रशस्त सम्भावना भएका प्राविधिक सीपहरूमा तालिम दिनेछौं।’

साथै त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा शशिधर राम जोशीले भने, “सामसङ इनोभेसन क्याम्पस योजनाको हिस्सा भएका पाठ्यक्रमहरू (आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स, इन्स्टिच्युट अफ इन्जिनियरिङमा पढाइनेछ। पाठ्यक्रमहरूको लागि छनोट हुन विद्यार्थीहरूलाई एल्गोरिदम, डाटा संरचना र प्रोग्रामिङको ज्ञान हुनुपर्छ।’

‘त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा हामी प्रतिभा, समाज र व्यापारको रुपमा काम गर्छौं। त्यसैले हामी सामसङसँगको यो एमओयूमा हस्ताक्षर गर्नुलाई एउटा ठुलो अवसर ठान्छौं, जसले हामीलाई सामसङ इनोभेसन क्याम्पस योजनामा पहुँच दिन्छ। यसले हामीलाई प्रशिक्षण र अनुसन्धानको माध्यमबाट समाज र मानिसहरूमा पार्ने हाम्रो लक्ष्यलाई महसुस गर्न मद्दत गर्नेछ।’

२०१९ मा सुरु भएको सामसङ इनोभेसन क्याम्पस जुन सामसङको ‘टूगेदर फर टुमोरो’ को विश्वव्यापी सीएसआर भिजनको एउटा हिस्सा हो। मानिसहरूलाई सक्षम बनाउँदै, विद्यार्थी र बेरोजगार युवाहरूलाई एआई र आईओटी जस्ता चौथो औद्योगिक क्रान्तिको प्रमुख प्रविधिहरूमा अनुभव गर्न तालिम दिन्छ। साथै उनीहरूलाई अर्को पुस्ताको क्षमतावृद्धिको रुपमा प्रेरणा र सक्षम बन्न प्रेरित गर्छ।

यस्तो प्राविधिक प्रशिक्षणको साथसाथै यस कार्यक्रमले विद्यार्थीहरूको रोजगारी र उनीहरूको ज्ञानलाई जीवनमा ल्याउने क्षमता बढाउन नरम कौशल प्रशिक्षण पनि प्रदान गर्दछ। यसले समस्या समाधान गर्न सक्ने क्षमताहरूलाई पनि विकास गर्दछ।

इन्स्टिच्युट अफ इन्जिनियरिङमा सामसङ इनोभेसन क्याम्पस अन्तर्गत प्रस्तावित पाठ्यक्रमहरूको एक भागको रूपमा विद्यार्थीहरूले व्यावहारिक प्रोजेक्ट कम्पोनेन्ट पनि पार गर्नेछन्। यसमा विद्यार्थीहरूलाई सामाजिक महत्त्वका परियोजनाहरू प्रस्तुत गर्न चुनौती दिइनेछ जसमा एआई, बिग डाटा, कोडिङ र प्रोग्रामिङ र आईओटीले भूमिका खेल्ने जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: १३ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...