भारतको अकासा एयरका हजारौं ग्राहकहरूको संवेदनशील रेकर्ड बाहिरियो

  • Technology Khabar | १३ भाद्र २०७९, सोमबार
भारतको अकासा एयरका हजारौं ग्राहकहरूको संवेदनशील रेकर्ड बाहिरियो

काठमाडौं ।

भारतमा भर्खर सञ्चालनमा आएको अकासा एयरले आफ्ना हजारौं ग्राहकको संवेदनशील रेकर्ड बाहिरिएको छ। एयरलाइन्सको लगइन र साइन अप सेवालाई प्रभावित गर्ने प्राविधिक त्रुटिका कारण हजारौं ग्राहकको व्यक्तिगत डाटा बाहिरिएको हो।

साइबर सुरक्षा अनुसन्धानकर्ता आशुतोष बारोटले बाहिरिएको डाटा पत्ता लगाएका हुन्। अकासा एयरको वेबसाइटमा साइन अप र लग इन गर्ने ग्राहकको पूरा नाम, लिंग, इमेल र फोन नम्बर समावेश गरिएको थियो।

अनुसन्धानकर्ताले गत अगष्ट ७ मा अकासा एयरको उद्घाटन दिनमा वेबसाइटमा डाटा मिनेट गर्ने एचटीटीपी भेट्टाएका थिए।

उनले शुरुमा मुम्बईस्थित एयरलाइन्सको सुरक्षा टोलीसँग सिँधै सम्पर्क गर्ने प्रयास गरेका थिए। तर सीधै सम्पर्क भने हुन सकेन।

‘ मैले एयरलाइनलाई तिनीहरूको आधिकारिक ट्विटर एकाउन्ट मार्फत घटनाको रिपोर्ट गर्न इमेल माग्न सम्पर्क गरे। तिनीहरूले मलाई इन्फो इमेल आईडी दिए जसमा मैले जोखिम विवरणहरू साझा गरिन किनभने यो समर्थन कर्मचारी वा तेस्रो पक्ष विक्रेताद्वारा ह्यान्डल हुन सक्छ। त्यसपछि, मैले तिनीहरूलाई फेरि इमेल गरे र (एयरलाइन)लाई उनीहरूको सुरक्षा टोलीबाट कसैको इमेल ठेगाना उपलब्ध गराउन आग्रह गरे। मैले अकासबाट कुनै थप सञ्चार प्राप्त गरिन्,’ उनले भने।

सुरक्षा टोलीसँग कसरी सम्पर्क गर्न सकिन्छ भन्ने बारे एयरलाइन्सबाट प्रतिक्रिया नपाएपछि अनुसन्धानकर्ताले टेकक्रन्चलाई यस विषयमा जानकारी गराएका थिए।

टेकक्रन्चले करिब ३४ हजार ५३३ ग्राहकको महत्पूर्ण रेकर्ड जोखिममा परेको भनेर सम्पर्क गरेपछि कम्पनीले तुरुन्तै प्रतिक्रिया दियो र यस विषयलाई स्वीकार पनि गर्यो।

एयरलाइनले खुलासा भएको डाटामा यात्रा सम्बन्धी जानकारी वा भुक्तान रेकर्ड समावेश नभएको जानकारी दिएको छ।
घटनाको जानकारी प्राप्त गरेसँगै अकासा एयरले आफ्नो साइन अप सेवा बन्द गरेको छ।

प्रकाशित: १३ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार