
काठमाडौं ।
गुगलले नोकिया र एरिक्सनसँग मिलेर एन्ड्रोइड १३ मा आधारित नेटवर्क स्लाइसिङ इन्नोभेसनहरू प्रदर्शन गरेको छ।
नोकिया र एरिक्सनले एन्ड्रोइड १३ मा चल्ने पिक्सेल ६ प्रो फोनहरूमा नयाँ नेटवर्क स्लाइस टेक्नोलोजीको गुगलमार्फत चलाइएको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छुट्टाछुट्टै घोषणा गरेका छन्।
दुवै कम्पनीहरूले यो प्रविधि एक पटक प्रयोग गरिसकेपछि अपरेटरहरूलाई नयाँ फाइभजी नेटवर्क स्लाइसिङ सेवाहरू प्रदान गर्न रएन्ड्रोइड १३ मा संचालित उपकरणहरूको ग्राहक एप अनुभव वृद्धि गर्न सक्षम बनाउने बताए।
प्रकाशित: १३ भाद्र २०७९, सोमबार