
काठमाडौं ।
विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससिटी) ले आउँदै गरेको तीजलाई लक्षित गरि दर खाने दिनमा ‘दरो अफर’ लिएर आएको छ।
दरो अफरअन्तर्गत स्मार्ट क्यूआरमार्फत जुनसुकै मर्चेन्टलाई भुक्तानी गर्दा १०% (रु १०० सम्म) तत्काल छुट प्राप्त गर्न सक्नेछन भने एससिटी– यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले क्यूआरमार्फत भूक्तानी गर्दा १०% (रु. १०० सम्म) क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
यो योजना दर खाने दिन भदौ १३ गतेका दिन लागु हुने कम्पनीले जनाएको छ।
प्रकाशित: १२ भाद्र २०७९, आईतवार