
काठमाडौं ।
सिजी नेटले बजारमा आईपीटिभी सेवा सार्वजनिक गरेको छ। कम्पनीले स्काईकमसँगको सहकार्यमा आईपीटिभी सेवा सिजिनेट जोडी योजना शुरु गरेको हो।
कम्पनीले आइतबारदेखि सिजिनेट मेगा जोडी र सिजिनेट ग्राण्ड जोडी अफरको शुरु गरेको हो। यो सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले सिजिनेट र आइपीटिभी दुवै सेवा सञ्चालन गर्न पाउने छन्।
आइपीटिभी अन्तर्गत २५७ च्यानल उपलब्ध हुने छन् र ती च्यानल मध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुनेछन्।
ती मध्ये ५० भन्दा बढी इन्टरटेन्मेन्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पार्टस च्यानल लगायतका च्यानलहरु हुने सिजीले जानकारी दिएको छ।
कम्पनीको अनुसार सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन्।
आइपीटिभीको सेटटप बक्सका लागि ग्राहकले एक पटकमा २६ सय शुल्क तिर्नुपर्ने बताईएको छ।
प्रकाशित: १२ भाद्र २०७९, आईतवार