बेलायतमा इलेक्ट्रिक गाडीको चार्जिङ प्वाइन्टलाई बढावा

  • Technology Khabar | १२ भाद्र २०७९, आईतवार
बेलायतमा इलेक्ट्रिक गाडीको चार्जिङ प्वाइन्टलाई बढावा

काठमाडौं ।

बेलायत सरकारले इलेक्ट्रिक गाडी चार्जिङ प्वाइन्टलाई बढावा दिएको छ।

इलेक्ट्रिकल गाडी बढावाका लागि बेलायतको उत्तर–पूर्वी क्षेत्र काउन्टी डरहमले १०० इलेक्ट्रिक गाडी चार्जिङ प्वाइन्टहरूको लागि कोष सुरक्षित गरेको बीबीसीले जनाएको छ।

काउन्टी डरहममा १.२५ मिलियन पाउण्ड स्ट्रलिङ प्राप्त गरेपछि करिब १०० इलेक्ट्रिक गाडी चार्जिङ प्वाइन्टहरू रोल आउट गरिने छ।

बेलायतको उत्तर पूर्र्वी क्षेत्रमा हाल ३.१ प्रतिशत मात्र चार्जिङ पोइन्छ छ। यो बेलायतको सबै क्षेत्रमध्ये कम भएकाले बढावा दिन काउन्टी डरहम सरकार लागेको हो।

काउन्टी डरहमका काउन्सिलर मार्क विल्क्सले १०० इलेक्ट्रिक गाडी चार्जिङ प्वाइन्टहरूको लागि तयार पारेको सुरक्षा कोषमा सरकारबाट १० मिलियन पाउण्ड स्ट्रलिङ, उद्योगबाट ९ मिलियन र स्थानीय काउन्सिलहरूबाट १.९ मिलियन पाउण्ड स्ट्रलिङ समर्थन रहेको जानकारी दिए।

उनले इलेक्ट्रिक गाडी चार्जिङ प्वाइन्ट बनाउन तयार भएको कोषले विकासमा टेवा हुने उल्लेख गरे।

यो योजनाले २०३० सम्ममा आफ्नो सञ्चालनमा नेट शून्य हासिल गर्ने र २०४५ सम्म काउन्टीलाई कार्बन न्यूट्रल बनाउने लक्ष्य राखेको छ।

यो सरकारको स्थानीय इभि इन्फ्रास्ट्रक्चर योजनाबाट २० मिलियन पाउण्ड स्ट्रलिङको शेयर प्राप्त गर्ने नौ क्षेत्रहरू मध्ये १ रहेको काउन्टी डरहमले जनाएको छ।

बन्न थालेको चार्जिङ प्वाइन्टहरूले ग्रामीण क्षेत्रहरूमा बस्ने मानिसहरू र सडकमा पार्किङ गर्ने घरपरिवारका लागि नयाँ पूर्वाधार, साथै ठूला पेट्रोल स्टेशन–शैली चार्जिङ हबहरू समावेश गर्नेछन्।

समग्रमा १ हजार भन्दा बढी नयाँ इलेक्ट्रिक वाहन चार्जिङ पोइन्टहरू इङ्गल्याण्डमा निर्माण गरिने चर्चा चलेको छ।

प्रकाशित: १२ भाद्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार