
काठमाडौं ।
सामाजिक सञ्जाल फेसबुकको मुख्य कम्पनी मेटाका सीईओ मार्क जुकरबर्ग मार्शल आर्टतर्फ लागेका छन्।
आफ्नो दिमागलाई कामबाट हटाउन व्यायाम आवश्यक परेकाले मिश्रित मार्शल आर्टमा पुगेको याहु न्युजले जनाएको छ।
दिमाग फ्रि पार्न दौड्दा सोचाईमा झन बढी समस्या देखिएकाले दौडन छाडेर मार्शल आर्टमा लागेको मार्कले प्रष्टाएका छन्।
उनले भनेका छन्,“म धेरै दौडने गर्थें, तर दौडको समयमा नै नै धेरै सोच्ने समय निस्कने भएकाले छाडेको हुँ।”
जुकरबर्गले पहिले सर्फिङ, फोइलिङ तथा पौडि खेलमा लागेको र पछि दौडदा पनि समस्या देखिएकाले आर्टलाई अंगालेको औंल्याएका छन्।
मार्शल आर्ट त्यस्तो चीज हो जसले शारीरिकसँगै बौद्धिक रूपमा आकर्षक गरेकाले अन्य कुरा सोच्ने समय नहुने भएकाले शारिरीक तथा मानसिक फाइदा भएको मार्कले दाबी गरेका छन्।
विहान उठ्ने वित्तिकै मोबाइल चेक गर्दा मुक्का लागेको फिल हुने भएकाले समस्या नल्याउनका लागि व्यायाम आवश्यक परेको उनले भने।
कारण मोबाइल हेर्दा एउटा सामानको लाखौं सन्देशहरू आउँछन्, जुन सामान्यतया राम्रो हुँदैन र मानसिक असर पार्ने तथा कामलाई असर पर्ने भएकाले राम्रो बन्नका लागि व्यायाम रोजेको जुकरबर्गले बताएका छन्।
मेटा सीईओ मार्क जुकरबर्गले आफ्नो व्यायाम दिनचर्या बदल्न, काममा केन्द्रीत हुन र समस्या फाल्नका लागि मानसिक सन्तुलन विधिका लागि आवश्यक भएको बताए।
जुकरबर्ग भन्छन् कि उनी आफ्नो दिमागलाई कामबाट हटाउनपूर्ण फोकस चाहिने व्यायाम मार्शल आर्ट हो।
प्रकाशित: १२ भाद्र २०७९, आईतवार