
काठमाडौं ।
पछिल्लो समय फोटो खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि पशुपति क्षेत्र विकास कोषले त्यस्तो किसिमको विकृती रोक्न कारवाही गर्ने भएको छ।
पशुपति मन्दिर परिसरमा यसअघि नै तस्वीर खिच्न मनाही गरेपनि लुकिछिपी फोटो खिची सामाजिक सञ्जालका विभिन्न माध्यममा राख्न थालेकाले कडाई शुरु गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए।
उनका अनुसार हरितालिका तीजमा धेरै भिडभाड हुँदा लुकिछिपि फोटो खिच्नेको संख्या बढावा हुने भएकाले कारवाही हुने सूचना दिएको र सबैले पालना गर्नुपर्नेछ।
अबदेखि सिसि क्यामेरासँगै अनुगमन कर्मचारीको संख्यामा समेत वृद्वि गरिएको खतिवडाले उल्लेख गरे।
पशुपतिभित्र फोटो खिचेमा २ हजार १ सय रुपैयाँ, मुख्य मन्दिरको तस्वीर खिचेमा १ हजार १ सय र मूल मन्दिर परिसरको फोटो खिचेमा ५०० रुपैयाँ जरिवाना गर्नुका साथै खिचेको डिलिट गर्नुपर्ने सूचना छ।
प्रकाशित: १२ भाद्र २०७९, आईतवार