गहिरो अन्तरिक्ष विज्ञान सहकार्यको लागि विश्वव्यापी वैज्ञानिकहरूको आह्वान

  • Technology Khabar | १२ भाद्र २०७९, आईतवार
गहिरो अन्तरिक्ष विज्ञान सहकार्यको लागि विश्वव्यापी वैज्ञानिकहरूको आह्वान

काठमाडौं ।

अन्तरिक्ष वैज्ञानिकहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका व्यवस्थापन विशेषज्ञहरूले कोभिड-१९ महामारीले ल्याएको कठिनाइहरू पार गर्न र अन्तरिक्ष विज्ञान सहयोगको फोरममा समान रणनीतिक सहयोग संयन्त्र स्थापना गर्न आह्वान गरेका छन्।

यो अन्तरिक्ष विज्ञान सहयोगको फोरम गत बिहीबार उत्तरी चीनको शान्सी प्रान्तको ताइयुआन शहरमा भएको हो। यस फोरमले कोभिड-१९ महामारी अन्तर्गत अन्तर्राष्ट्रिय अन्तरिक्ष विज्ञान सहयोगका लागि चुनौतीहरू र प्रतिरोधी उपायहरू समेटेको चिनियाँ समाचार संस्था शिन्ह्वाले जनाएको छ।

चाइनिज एकेडेमी अफ साइन्सेसका शिक्षाविद् गु यिदोङले कोभिड-१९ को महामारीले शैक्षिक आदानप्रदान र अन्तर्राष्ट्रिय सहयोगलाई चुनौती दिएको बताए। तैपनि, अन्तरिक्ष विज्ञान सहयोगको गहिराई र चौडाइ बढाउन थप प्रभावकारी सहयोग मोडहरू खोज्न आवश्यक  भएको उनले बताए।

ताइयुआन सिफारिसहरू, एक सहयोग घोषणा, फोरममा जारी गरियो।

एक विज्ञप्तीमा विश्वव्यापी अन्तरिक्ष एजेन्सीहरूलाई नयाँ विकास नीतिहरू तर्जुमा गर्दा अन्य अन्तर्राष्ट्रिय साझेदारहरूलाई थप सहयोगको अवसरहरू प्रदान गर्न प्रोत्साहित गरिएको छ। अन्तर्राष्ट्रिय संस्थाहरूलाई आफ्ना स्रोतसाधनहरू अन्तर्राष्ट्रिय सहयोगलाई समर्थन गर्न प्रयोग गर्न आग्रह गरिएको छ।

एजेन्सी रिपोर्टअनुसार ३० भन्दा बढी विश्वव्यापी वैज्ञानिक र व्यवस्थापन विशेषज्ञहरूले फोरम अनलाइन वा अनसाइटमा भाग लिएका थिए।

प्रकाशित: १२ भाद्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार