भारतले आफ्ना संवेदनशिल सीमा क्षेत्रमा कम्पनीलाई टेलिकम सेवा बिस्तार गर्न दिने

  • Technology Khabar | १२ भाद्र २०७९, आईतवार
भारतले आफ्ना संवेदनशिल सीमा क्षेत्रमा कम्पनीलाई टेलिकम सेवा बिस्तार गर्न दिने

काठमाडौं ।

भारतले अब संवेदनशिल मानिएका सीमा क्षेत्रमासमेत टेलिकम सेवा बिस्तार गर्न अनुमति दिएको छ।

भारतीय मिडियाहरुकाअनुसार भारतले टेलिकम कम्पनीहरूलाई संवेदनशिल मानिएका लेह, लद्दाख, जम्मु कश्मीर र अरुणाचल प्रदेश जस्ता सीमा क्षेत्रमा सेवा सुरु गर्न अनुमति दिइएको छ। यसबारे जानकारी दिँदै दूरसञ्चार मन्त्रालयले अब भारतका विभिन्न दूरसञ्चार कम्पनीले पनि सीमावर्ती क्षेत्रमा बसोबास गर्नेलाई नेटवर्क जडान उपलब्ध गराउन सक्ने बताएको छ।

भारत सरकारले यसका लागि पहिल्यैदेखि लागू भएको कडा शर्तसहित नियममा केही परिवर्तन गरेको छ। नियमावलीमा आवश्यक परिमार्जन गर्दै दूरसञ्चार विभागले अन्तर्राष्ट्रिय सीमा नजिकका क्षेत्रमा दूरसञ्चार सेवा प्रदायकलाई सिम जडानको व्यवस्था गर्न स्वीकृत गरेको भारतीय मिडियाहरुले जनाएका छन्।

सरकारको दूरसञ्चार मन्त्रालयले यसका लागि एकीकृत पहुँच सेवा लाइसेन्स सम्झौता (युएएसएल) को सर्त परिमार्जन गरेको छ। यो संशोधनपछि अब जियो, एयरटेल, भोडाफोन-आइडिया र बीएसएनएल जस्ता सबै भारतीय कम्पनीहरूले लेह, लद्दाख, जम्मू, कश्मीर, अरुणाचल प्रदेश, नागाल्याण्ड, सिक्किम, उत्तराखण्ड र राजस्थानका सीमा क्षेत्रमा आफ्नो नेटवर्क सुरु गर्न सक्नेछन्।

भारतको अन्तर्राष्ट्रिय सीमामा रहेको लाइन अफ कन्ट्रोल (एलओसी) मा दूरसञ्चार सेवा सुरु गर्न यसअघि सेनाको स्वीकृति र समीक्षा लिनुपर्ने भए पनि अहिले भारत सरकारले ती सर्त हटाएको छ । अब टेलिकम कम्पनीहरूले अन्तर्राष्ट्रिय सिमानामा नेटवर्क खोल्न सेनाको स्वीकृति लिनुपर्ने छैन्।

पुरानो नियमअनुसार टेलिकम सञ्चालकहरूले सीमामा टेलिकम सेवा सुरु गर्नको लागि पुरानो नियमअनुसार बेस स्टेसन, सेल साइट वा रेडियो ट्रान्समिटर जडान गर्नुअघि सेनाको पूर्व स्वीकृति लिनुपर्ने थियो।

प्रकाशित: १२ भाद्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार