कुशे औंसीमा बुबाको लागि भिभो उपहार

  • Technology Khabar | ९ भाद्र २०७९, बिहीबार
कुशे औंसीमा बुबाको लागि भिभो उपहार

काठमाडौं ।

भिभो एक अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्ड हो जसले नेपालमा सुलभ मुल्यमा अतुलनीय विशेषताका स्मार्टफोनहरूमार्फत प्रयोगकर्ताको मन जित्दै आइरहेको छ। वाईशृङ्खला अन्तर्गत, भिभोको शक्तिशाली प्रदर्शन र उत्कृष्ट सुविधाहरू भएका उत्कृष्ट उपकरणहरु छन् जुन तपाईंको बुबाका लागि उत्तम उपहारहरू हुन सक्छ। यो बुबाको मुख हेर्ने दिनलाई यादगार बनाउन तपाईका लागि निम्न स्मार्टफोनहरु उपयुक्त हुनसक्छन्।

१. भिभो वाई२०
भिभो वाई२० ले शानदार डिजाइन र उत्कृष्ट क्यामेरा विशेषताहरूको साथ प्रभावशाली प्रदर्शन प्रदान गर्दछ । यसमा ५०००एमएएच सुपर क्षमताको ब्याट्री छ जसलाई १० वाट फास्ट चार्ज टेक्नोलोजीले स्मार्टफोनलाई लामो समयसम्म निर्धक्क चलाउन सक्षम बनाउँछ । साथै, ४ जीबी र्याम र ६४ जीबी रोमले प्रशस्त स्टोरेज प्रदान गर्दछ । वाई २० मा १३एमपी रियर क्यामरा, २एमपी बोकेह क्यामरा र २एमपी म्याक्रो क्यामेराको ट्रिपल म्याक्रो क्यामरा सेटअप रहेको छ जुन तपाईंको बुबाको लागि तस्बिरहरू शेयर गर्न उत्कृष्ट उपकरण हो। यसमा आई प्रोटेक्सन मोड पनि छ जसले तपाईंको बुबाको आँखालाई सुरक्षित राख्छ र उहाँले स्मुद भ्यूइंग अनुभवको आनन्द लिन सक्नुहुन्छ। यो स्मार्टफोन केवल रु २०,९९९ मा देशभर उपलब्ध छ।

२. भिभो वाई१५सी
भिभो वाई१५सी एक स्टाइलिश र शक्तिशाली स्मार्टफोन हो जसमा १३एमपी एआई डुअल क्यामेरा छ । साथै, सुक्ष्म विवरणहरुका लागि २एमपी सुपर म्याक्रो क्यामेरा छ जसले ४ सेमी फोकस प्रदान गर्दछ । यसमा ६.५१ इन्च हलो फुलभ्यू डिस्प्ले छ जसमा आई प्रोटेक्सन मोडले रोमाञ्चक भ्यूइंग अनुभव प्रदान गर्दछ । वाई १५ सी ३जीबी र्याम र ३२ जीबी रोमको साथ आँउछ। यसमा दिनभर टिक्ने ५०००एमएएचको विशाल ब्याट्री छ जुन तपाईंको बुबाले चार्ज सक्किने चिन्ता लिनु पर्दैन र उहाँ जहाँ जानुहुन्छ त्यहाँ ढुक्क भएर फोन लग्न सक्नुहुन्छ। यसमा भएको साइड–माउन्ट फिंगरप्रिन्ट स्क्यानरले फोनलाई अनलक गर्न धेरै सहज बनाउँछ। हाल, वाई१५सी को मुल्य रु.१७,९९९ रहेको छ।

३. भिभो वाई२१
शक्तिशाली ब्याट्री, उत्कृष्ट डिजाइन र मेमोरी भएको सुलभ मुल्यका उपकरण खोज्ने प्रयोगकर्ताहरूलाई वाई२१ उपयुक्त स्मार्टफोन हुनसक्छ। यसमा ५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज छ। यसको ८.००एमएम सुपर स्लिम बडीले वाई २१ लाई हल्का तौल र आकर्षक बनाउँछ। यसमा १३एमपी रियर क्यामेरा र ८एमपी फ्रन्ट क्यामेरा छ जसबाट उत्कृष्ट फोटो खिच्न सकिन्छ। यो ४जीबी र्याम र ८जीबी रोममा उपलब्ध छ र यसको मुल्य २२,९९९ रुपैयाँ रहेको छ।

प्रकाशित: ९ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार