कामनपाका मेयर बालेन ट्विटर ट्रेण्डिङ्गमा

  • Technology Khabar | ९ भाद्र २०७९, बिहीबार
कामनपाका मेयर बालेन ट्विटर ट्रेण्डिङ्गमा
फाइल तस्बिर

काठमाडौं ।

काठमाडौं महानगरपालिका (कामनपा) का मेयर बालेन्द्र (बालेन) शाह पछिल्लो दिनमा दैनिकजसो चर्चामा रहेका छन्।

केहि दिनदेखि महानगरभित्रका अण्डरग्राउण्ड पार्किङ्गको अनुमति लिएर पसल चलाउँदै आएका र अवैधरुपमा रहेका संरचनाहरु भत्काउन शुरु गरेका बालेन शाह बिहिबार ट्विटरको ट्रेण्डिङ्गमा परेका छन्।

सामाजिक संजाल ट्विटरमा उनको कामको तारिफ र चर्चासँगै उनको नाम नेपालभित्र ट्रेण्डिङ्गमा परेको हो। उनी सम्बद्ध नामसहित १६ सय भन्दा धेरै ट्वीटलाई समावेश गरेसँगै उनको नाम ट्विटरको ट्रेण्डिङ्गमा आएको हो।

यसअघि पनि उनी नेपालभित्र ट्रेण्डिङ्गमा पर्दै आएका थिए।

यस बाहेक नेपालमा आज ट्विटरको ट्रेण्डिङ्ग ‘मेयर’ र ‘हिन्दु’ शब्द समेत परेका छन्।

प्रकाशित: ९ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार