स्पेसएक्स र टी-मोबाइलद्वारा कनेक्टिभिटी बढाउने योजना घोषणा

  • Technology Khabar | ९ भाद्र २०७९, बिहीबार
स्पेसएक्स र टी-मोबाइलद्वारा कनेक्टिभिटी बढाउने योजना घोषणा

काठमाडौं ।

रकेट निर्माता स्पेसएक्स र मोबाइल सेवा प्रदायक टी-मोबाइलले कनेक्टिभिटी बढाउने भएका छन्। स्पेसएक्सका संस्थापक इलन मस्कले बुधबार र टी-मोबाइल अमेरिकाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइक सिभर्टले बिहीबार कनेक्टिभिटी बढाउने योजना घोषणा गरेको रोयटर्सले उल्लेख गरेको छ।

विश्वका सर्वाधिक धनी व्यक्ति तथा स्पेसएक्सका सीईओ मस्कले ट्वीट गरेका छन्, ‘केही विशेष’ हुनेछ।

स्पेसएकसको स्याटलाइट कम्युनिकेसन डिभिजन स्टारलिंकले विश्वका इन्टरनेट नपुगेको क्षेत्रमा सेवा उपलब्ध गराउने पृथ्वीको तल्लो अर्विटमा स्याटलाइट प्रक्षेपण गर्दैछ।

स्पेसएक्सले सन् २०१९ देखि निरन्तर रुपमा करिब २७ सय स्टारलिंक स्याटलाइट पृथ्वीको तल्लो अर्विटमा प्रक्षेपण गरिसकेको छ। स्टारलिंकका माध्यमबाट लाखौं मानिसले इन्टरनेट सेवा उपयोग गरिरहेका छन्।

पृथ्वीको तल्लो अर्विटमा स्याटलाइट इन्टरनेट विस्तार गर्नका लागि स्पेसएसक्स, स्याटलाइट अपरेटर वनवेब र जेफ बेजोसको कुइपर प्रोजेक्टबीच तीब्र प्रतिस्पर्धा छ।

प्रकाशित: ९ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...