
काठमाडौं ।
प्रयोगकर्ताको अनुमति बिनानै उनीहरुको गतिविधि पछ्याएको आरोपमा फेसबुकको मुख्य कम्पनी मेटाले करिब ५ अर्ब रुपैयाँ तिर्ने भएको छ।
मेटा विरुद्ध अनुमति बिना ट्रयाक गरेको आरोप लगाउँदै मुद्दा परेको न्यूज १८ ले जनाएको छ।
अमेरिकाको सान फ्रान्सिस्कोस्थित संघीय अदालतमा दायर भएको मुद्दामा दुवै पक्षबीच ३७.५ मिलियन अमेरिकी डलर (४ अर्ब ७६ करोड ३८ लाख ८ हजार ७ सय ५० रूपैयाँ) तिर्नेगरी सहमति भएको हो।
यसअघि बुधबार फेसबुकमा विश्वका सेलिब्रेटीहरूको पृष्ठहरूमा अनियमितता दृश्य देखिएकाले माफ मागेका मेटाका सिइओ मार्क जुकरबर्गले त्यसको केही समयपछि क्यालिफोर्नियाको गोपनीयता नीति उल्लंघन गरेको आरोपमा मुद्दा दर्ता भयो।
दुई पक्षबीच रकम भुक्तानी गरी मुद्दा किनारा लगाउने सहमति भएपनि अदालतले पूर्ण स्वीकृति नदिएकाले मोलमोलाइमा रकम अझै बढ्छ कि भन्ने शंका छ।
यसअघि पनि लोकेसन ट्रयाकिङको विषयमा मुद्दा दायर हुँदा फेसबुकको आधिकारीक कम्पनी मेटाले जरिवाना तिरेको थियो।
प्रकाशित: ९ भाद्र २०७९, बिहीबार