
काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो महिना गत साउनमा भारतबाट धेरै बीटीएस (बेस स्टेशन) नेपाल भित्रिएका छन्।
बेस स्टेशनका नामले पनि चिनिने बीटीएसको पूरा रुप बेस ट्रान्सिभर स्टेशन हो।
दूरसञ्चार क्षेत्रभित्रको मोबाइल सञ्चारमा बीटीएस टावरले तरंगहरु पठाउने र पाउने हिसाबले रेडियो ट्रान्सिभरहरुलाई बोक्ने गर्छन्।
यिनै ट्रान्सिभरहरुले हावामा तरंगित रेडियो लिंक प्रोटोकललाई हाम्रा मोबाइलसम्म पुर्याएर मोबाइल मार्फत् हुने कुराकारी सफल हुन मद्दत गर्दछन्।
साउन महिनामा करिब ८ लाख रुपैयाँ बराबरको बिटिएस नेपाल भित्रिएको तत्थ्यांक विभागले जनाएको छ। विभागका अनुसार साउन महिनामा भारत र चीनबाट गरेर ७ लाख ९३ हजार रुपैयाँ बराबरको ७८५ ओटा बिटीएस नेपाल भित्रिएका हुन्।
यही बीटीए भारतबाट साउन महिनामा ७२० ओटा नेपाल आयात भएका हुन्।
जसको मुल्य १ लाख २० हजार रूपैया रहेको भन्सार विभागले जनाएको छ।
यस्तै चीनबाट रू६ लाख ७३ हजार मुल्य बराबरको ६५ ओटा बीटीए नेपाल आएका छन्।
प्रकाशित: ८ भाद्र २०७९, बुधबार