Technology Khabar ९ चैत्र २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, ९ चैत । सामसंगको नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ केहि दिनपछि आउने तयारीमा रहेको छ । योसँगै विभिन्न जानकारीहरु पनि आई नै रहेको बेला सामसंगले पावरब्यांक पनि ल्याउन लागेको जानकारी दिएको छ ।
सामसंगले ग्यालेक्सी एस ८ (Galaxy S8) तथा एस ८ प्लस (Galaxy S8+) का लागि आधिकारिकरुपमा एसेसरिजहरु ल्याउने तयारीमा रहेको छ । यहि क्रममा कम्पनीले नयाँ पावर ब्यांक ग्यालेक्सी एस ८ तथा एस ८ प्लसको साथमा बण्डलिंग गरेर ल्याउने भएको छ ।
कम्पनीले विभिन्न कलरहरुमा नयाँ पावर ब्यांक ल्याउन लागेको हो । यसको बारेमा हालै नयाँ जानकारीहरु बाहिर लीक भएका छन् ।
लीक भएको जानकारीअनुसार पावर ब्यांक ग्रे तथा ब्लू कलर सेडमा आउनेछ । यसको क्षमता ५,१०० एमएएचको छ भने यसले नयाँ ग्यालेक्सी डिभाइसहरु छिटै चार्ज गर्ने क्षमता राख्दछ । यसले १५ वाटको उच्च क्षमतामा फोनलाई चार्ज गर्दछ ।
यो नयाँ पावर ब्यांकमा यूएसबी टाइप सी चार्जिक राखिएको छ, जून ग्यालेक्सी एस ८ तथा एस ८ प्लसका लागि बनाईएको हो ।
ग्यालेक्सी एस ८ तथा एस ८ प्लसमा ३,५०० एमएएच क्षमताको ब्याट्री प्याक हुने अनुमान गरिएको छ ।
यसअघि पनि सामसंगको नयाँ फोनको लागि भनेर एकेजी ईयरबड्स बनाईएको समाचार सार्वजनिक भएको थियो ।
प्रकाशित: ९ चैत्र २०७३, बुधबार