महँगो स्मार्टफोन प्रतिबन्धको असरः पाँच लाख यूनिटले घट्यो आयात

  • Technology Khabar | ७ भाद्र २०७९, मंगलवार
महँगो स्मार्टफोन प्रतिबन्धको असरः पाँच लाख यूनिटले घट्यो आयात

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालमा स्मार्टफोनको आयात घटेको छ। सरकारले ३०० अमेरिकी डलर माथिको स्मार्टफोनको आयातमा प्रतिबन्ध लगाउदा नेपाल भित्रिने स्मार्टफोनको संख्यामा ठूलो गिरावट देखिएको हो।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा स्मार्टफोनको आयात करिब ५ लाख यूनिटले घटेको छ। सरकारले चुलिँदो ब्यापार घाटा र विदेशी रकमको संचिती बढाउनका लागि चालु आवका लागि ३०० अमेरिकी डलरभन्दा माथिको स्मार्टफोन आयातमा प्रतिबन्ध लगाउँदै आइरहेको छ।

विभागको तथ्यांक अनुसार चालु आवको साउनमा २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको १ लाख ७६ हजार २४९ यूनिट स्मार्टफोन आयात भएको छ।

गत आवको साउनमा ४ अर्ब ८२ करोड ६७ लाख ८३ हजार रुपैयाँ बराबरको ६ लाख ६७ हजार ५१८ यूनिट स्मार्टफोन आयात भएको थियो।

महँगो स्मार्टफोनमा प्रतिबन्ध लगाउँदा गत आवको सोही अवधिको तुलनामा २ अर्ब २५ कराड २४ लाख २६ हजार रुपैयाँ तथा ४ लाख ९१ हजार २६९ यूनिटले स्मार्टफोनको आयात घटेको छ।

आयात घटेसँगै सरकारको राजश्वमा पनि भारी गिरावट आएको छ। गत आवको साउनमा सरकारले स्मार्टफोनको आयातबाट ७६ करोड ३९ लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो भने चालु आवको सोही अवधिमा ४८ करोड ७७ लाख रुपैयाँ मात्र राजश्व संकलन गर्न सफल भएको छ।

प्रकाशित: ७ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार