
काठमाडौं ।
एप्पल इंकले ग्राहकहरूलाई आफैं उपकरणहरू मर्मत गर्ने सेवा अब म्याकबुक ल्यापटपहरुका लागि समेत बिस्तार गरेको छ। कम्पनीले यसको लागि ग्राहक टूलकिट प्रदान गर्नेछ र उनीहरूको म्याकबुक ल्यापटपहरू घरमा कसरी मर्मत गर्ने र सेवा गर्ने बारे बताउनेछ।
यो सेवा आईफोनहरूको लागि सेवा सुरु गरेको महिनापछि म्याकका लागि आएको हो।
एप्पलले अगस्ट २३ देखि वास्तविक पार्टपुर्जा र सेवा उपकरणहरू उपलब्ध हुने बताएको छ। ग्राहकहरूले मर्मत किटहरू किन्न वा एक पटक प्रयोगको लागि ४९ डलरमा भाडामा लिन सक्छन्।
एम १ चिप्स भएका म्याकबुक एयर र म्याकबुक प्रो मोडलहरूमा मात्र सेल्फ रिपेयर सम्भव छ।
अप्रिलमा, एप्पलले यस वर्ष युरोपमा सेवा विस्तार गर्ने योजनाको साथ संयुक्त राज्य अमेरिकामा चयन गरिएका आईफोन मोडेलहरूको लागि सेल्फ रिपेयर अर्थात स्व-मर्म्मत सेवाहरू सुरु गर्यो।
म्याकबुक ल्यापटपका केही मोडेलहरूमा “बटरफ्लाइ” किबोर्डहरूसँग सम्बन्धित क्लास-एक्शन मुद्दा सुल्झाउन एप्पलले ५ करोड डलर तिर्न सहमति जनाएपछि नयाँ घोषणा भएको हो।
प्रकाशित: ७ भाद्र २०७९, मंगलवार