महेन्द्रनगर कंचनपुरमा डिशहोम फाईबरनेटको सह–वितरण सोरुम

  • Technology Khabar | ६ भाद्र २०७९, सोमबार
महेन्द्रनगर कंचनपुरमा डिशहोम फाईबरनेटको सह–वितरण सोरुम

काठमाडौं ।

नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईबरनेटले महेन्द्रनगर कन्चनपुरमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ।

सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट रिजनलसेल्स म्यानेजर जे बि गुरुङ, एरियासेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमाल र लक्ष्मी राज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरु माझ पुर्याउँदै आएको न्यू केदार ईन्टरप्राईजले अब डिशहोम फाईबरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ सोरुममार्फत दिनेछ।

साउन २६ गतेदेखी डिशहोम फाईबरनेट विक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको छ।

१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको न्यू केदार ईन्टरप्राईजले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने न्यू केदार ईन्टरप्राईजका संचालक गोकुल देव जोशीले जानकारी दिए।

प्रकाशित: ६ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार