फेसबुक एकाउन्ट ह्याक गरी रकम ठगी गर्ने ३ जना पक्राउ

  • Technology Khabar | ५ भाद्र २०७९, आईतवार
फेसबुक एकाउन्ट ह्याक गरी रकम ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुक एकाउन्ट ह्याक गरी पैसा ठगी गर्ने तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा भद्रपुरका १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रविण राजवंशी र १८ वर्षीय भवेश राजवंशी रहेको नेपाल प्रहरीले जनाएको छ।

विभिन्न मानिसहरूले आफ्नो सामाजिक सञ्जालको एकाउन्ट ह्याक भई पैसा माग्ने काम भइरहेको उजुरी दिएपछि अनुसन्धानबाट यी ३ जना सम्लग्न रहेको थाहा भएपछि पक्राउ गरिएको प्रहरीको दाबी छ।

यी पक्राउ परेकाहरूले २५ भन्दा बढी फेसबुक एकाउन्ट ह्याक गरी विभिन्न व्यक्तिबाट २ लाख रुपैयाँभन्दा बढी ठगी गरेको थाहा भएको छ।

प्रकाशित: ५ भाद्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार