फेसबुकको मासिक सक्रिय प्रयोगकर्ता दक्षिण कोरियामा घट्दै

  • Technology Khabar | ५ भाद्र २०७९, आईतवार
फेसबुकको मासिक सक्रिय प्रयोगकर्ता दक्षिण कोरियामा घट्दै

काठमाडौं ।

फेसबुकले गत दुई वर्षमा दक्षिण कोरियामा मासिक सक्रिय प्रयोगकर्ताको संख्यामा २५ प्रतिशतले गिरावट आएको छ।

योनहाप समाचार एजेन्सीले मोबाइल इन्डेक्सको रिपोर्टलाई उद्धृत गर्दै रिपोर्ट गरेअनुसार, फेसबुकको मासिक सक्रिय प्रयोगकर्ताको संख्यामा कमी आएको देखिएको हो।

किशोरहरू इन्स्टाग्राममा गएसँगै फेसबुकको प्रयोगकर्ताको संख्या घटेको बताईएको छ।

फेसबुकको लागि दक्षिण कोरियाली मासिक सक्रिय प्रयोगकर्ता ट्याली जुलाई २०२२ मा ११.०९ मिलियन पुगेको छ  यसअघि मे २०२० मा मासिक सक्रिय प्रयोगकर्ता १४.८७ मिलियन थियो।

प्रकाशित: ५ भाद्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...